अमेरिकाकै बाटोमा बेलायत, चिनियाँ कम्पनी हुवाईका उपकरण हटाउने निर्णय

गलत र निराशाजनक निर्णय भएको चिनियाँ राजदूतको टिप्पणी

  एजेन्सी  164 पटक हेरिएको

बेलायतले मोबाइल फोन सेवा प्रदायकलाई प्रयोगमा रहेका चिनियाँ कम्पनी हुवाइका सबै फाइभजी उपकरण सन् २०२७ सम्म हटाउन भनेपछि चिनियाँ राजदूतले त्यसलाई ‘निराशाजनक र गलत’ भनेका छन्।

अमेरिकाले हुवाइको उपकरणले राष्ट्रिय सुरक्षामा जोखिममा पार्ने बताउँदै प्रतिबन्ध लगाएको छ। तर हुवाइले पटक(पटक कुनै देशलाई हानी नगर्ने बताउँदै आएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायतको निर्णयको स्वागत गर्दै हुवाइ ‘असुरक्षित’ भएको दोहो¥याएका छन्।

‘हामीले धेरै(धेरै देशहरूलाई हुवाई प्रयोग नगर्न विश्वास दिलाएका छौँ किनभने हामीलाई लाग्छ यो असुरक्षित सुरक्षा जोखिम हो, यो ठूलो सुरक्षा जोखिम हो,’ ट्रम्पले भने।

बेलायतका लागि चिनियाँ राजदूतले ट्वीट गर्दै यूकेले विदेशी कम्पनीलाई निष्पक्ष व्यवसाय वातावरण दिनसक्ने विषयमा प्रश्न गरेका छन्। ‘बेलायतको हुवाईको सम्बन्धमा निराशाजनक र गलत निर्णय,’ उनले लेखेका छन्।

बेलायतको निर्णय

बेलायतका डिजिटल मामिला मन्त्री ओलीभर डाउडेनले संसद्को दुईमध्ये तल्लो सदन हाउस अफ कमन्सलाई निर्णयको जानकारी गराएका थिए। डाउडेनका अनुसार पछिल्लो कदमका कारण बेलायतमा फाइभजी प्रविधिको प्रयोग एक वर्ष ढिला हुनेछ।

‘यो सहज निर्णय थिएन। तर यो यूकेका टेलिकम नेटवर्क, हाम्रो राष्ट्रिय सुरक्षा र अर्थतन्त्रका लागि अहिले र लामो समयसम्मका लागि सही छ,’ उनले भने।

हुवाईले भने उक्त कदम गलत भएको टिप्पणी गरेको छ।

हुवाईको प्रतिक्रिया

‘बेलायतमा मोबाइल बोक्ने सबैका लागि यो नराम्रो समाचार हो,’ उसले भनेको छ।

नयाँ प्रतिबन्ध कम्पनीको ब्रोडब्यान्ड उपकरणको प्रयोगमा पनि लागु गरिएको छ।

सेवा प्रदायकले पूर्णरूपमा फाइबर नेटवर्कमा प्रयोगका लागि हुवाईका नयाँ उपकरण खरिद नगरून् भन्ने बेलायत सरकारले चाहेको छ।

गत वर्ष जनवरीमा बेलायतले आफ्नो टेलिकम पूर्वाधारमा हुवाईको भूमिकाबारे समीक्षा गरेको थियो र त्यस बेला उक्त कम्पनीलाई वितरकका रूपमा कायम रहन दिने तर बजार हिस्सा भने नियन्त्रण गरिने निर्णय गरिएको थियो।

तर मे महिनामा अमेरिकाले हुवाईविरुद्ध नयाँ प्रतिबन्ध लागु गर्‍यो। अहिले अमेरिकाकै लाइनमा उभिदै बेलायतले पनि हुवाईसँगको सम्बन्ध क्रमशः तोड्ने जाने बाटोमा हिडेको छ। बीबीसीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार