बलात्कार आरोप लागेपछि एसएसपी नै परे पक्राऊ

  हल्कारान्यूज  584 पटक हेरिएको

काठमाडौं । बलात्कार आरोप लागेपछि सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी पक्राऊ परेका छन्।

सशस्त्र प्रहरीका एसएसपी अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले नियन्त्रणमा लिएको हो।

युवतीको मौखिक उजुरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए।

वरिष्ठ अधिकारीमाथि बलात्कार आरोप लागेपछि सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख कविन्द्रमान श्रेष्ठ पनि तालिम केन्द्र पुगेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार