नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा नेपालीमाथि ज्यादती, कपाल मुण्डन गरी ओली विरुद्ध बोल्न लगाएपछि..

  एजेन्सी  459 पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम र अयोध्याका बारेमा दिएको अभिव्यक्तिपछि भारतमा नेपालीमाथि ज्यादती हुन थालेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको बनारसमा काम गर्न गएका एक नेपालीमाथि भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले ज्यादती गरी ओलीविरुद्ध नारा लगाउन पठाएका छन्।

जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम लेखी राम नेपालमा हैन भारतमा जन्मिएको हो भन्ने जस्ता नारा लगाउन लगाएका छन्।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्ने अभिव्यक्ति दिएपछि भारतीय हिन्दूहरुले प्रधानमन्त्री ओलीले विरोध गर्दै आएका छन्।

त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी दिएका छन्।

भिडियो भाइरल भएपछि हिन्दू सेनाका कार्यकर्तालाई पक्राउ गर्न भारतीय प्रहरी लागि परेको आजतकले जनाएको छ।

विश्व हिन्दू सेनाका संरक्षक अरुण पाठकले आफ्ना कार्यकर्ताले गरेको यस्तो कदम सही भएको भन्दै आफ्नो भनाइ फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार