विश्वभरमा कोरोनाले लग्यो २०० नेपालीको ज्यान

  हल्कारान्यूज  176 पटक हेरिएको

काठमाडौं । महामारीको रूपमा विश्वलाई नै अस्तव्यस्त बनाएको कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा मात्रै १६० नेपालीको मृत्यु भएको छ भने नेपालमा ४० जनाको ज्यान गइसकेको छ।

कोरोना भाइरसको संक्रमण शुरु भएका विदेश र नेपालमा गरी कूल २०० जना नेपालीको ज्यान गएको हो।

गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो एक हप्तामा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ।

शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा गरी १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको संघले जनाएको छ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत नेपालीहरु सङ्क्रमणमुक्त भएको पनि जानकारी दिएको छ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशमा रहेका नेपालीहरुमा पछिल्लो हप्ता कोरोना संक्रमण दर केही मात्रामा वृद्धि भएको देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार