कक्षा १२ को परीक्षा असोजमै !

  हल्कारान्यूज  662 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ। सरकारले भदौ १ गतेदेखि परीक्षा सञ्चालन गर्ने अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको हो।

असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताएका छन्। कक्षा १२ को परीक्षा असोज १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य लिएको भन्दै सदस्य सचिव अर्यालले त्यही अनुसार मन्त्रालयसँग अनुमति मागेका बताए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार