
काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षाको मिति सार्वजनिक गरिएको छ।
निमित्त डीन प्रा.डा. सुशील बहादुर बज्राचार्यले आज (बुधबार) एक विज्ञप्ती जारी गरी इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत स्थगित परीक्षाहरु पुनःसुचारु गर्नेसम्बन्धी सूचना सार्वजनिक गरेका हुन्।
डीन कार्यालयको विज्ञप्ती अनुसार स्नातकोत्तर तहको परीक्षा आगामी भदौ ७ गतेदेखि र स्नातक तहको परीक्षा भदौ १५ गतेदेखि शुरु गरिने जनाइएको छ।
सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई पालना गर्दै परीक्षा सञ्चालन गरिने भन्दै विज्ञप्तीमा परीक्षा सम्बन्धी विस्तृत सूचना इन्जिनियरिङ अध्ययन संस्थान, परीक्षा नियन्त्रण महाशाखा चाकुपाटबाट यही साउन १५ गतेभित्र प्रकाशित गर्ने जनाइएको छ।
हेर्नुस् विज्ञप्ती-