हाँस्य कलाकार कमल गाउँलेले ल्याए २० औं गाईजात्रा– के के हुने हो ?

  हल्कारान्यूज  871 पटक हेरिएको

दाङ । ठूल्ठूलो स्वरल कराउँदै गाईजात्रा भट्याउने हाँस्य कलाकार कमल गाउँलेले फेरि पनि गाईजात्राको भिडियो श्रृंखला ल्याएका छन्।

२० औं गाईजात्राको रुपमा गाउँलेले के के हुने हो? शीर्षकको भिडियो गाईजात्रा आफ्नै युट्युव च्यानलमार्फत् सार्वजनिक गरेका हुन्।

गृह जिल्लामा दाङमा सुटिङ र इडिटिङ गरिएको गार्इजात्राको बिहीबार दाङमै एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ।

बरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले गार्इजात्रा के के हुने हो? को सार्वजनिक गर्नुभएको हो।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले शुभकामना दिनुभएको थियो। कार्यक्रम सञ्चालन पत्रकार निमुसंगम घर्तीले गर्नुभएको थियो।

लोकदोहरी गीत भैंसी पालेरका बलरामको नामले परिचित हाँस्य कलाकार गाउँलेले तीतो सत्यलगायत थुप्रै हाँस्य सिरियल तथा विभिन्न चलचित्रहरुमा हाँस्य पात्रको भूमिका निर्वाह गरिसक्नुभएको छ।

हेर्नुहोस् २० औं गाईजात्रा– के के हुने हो ? उहाँकै युट्युव च्यानलबाट–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार