अदालत पुग्यो अभिनेत्री साम्राज्ञी र अभिनेता भुवन केसीको विवाद

  हल्कारान्यूज  492 पटक हेरिएको

काठमाडौं । अभिनेता भुवन केसीले आफ्नो चरित्र हत्या गरेको भन्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

अभिनेता केसीले शुक्रबार काठमाडौं जिल्ला अदालतमा साम्राज्ञीविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेका हुन्।

केसीले साम्राज्ञीविरुद्ध मुद्धा दायर गरेको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले पुष्टि गरेका छन्। अभिनेता केसीले गाली–बेइज्जति मुद्दामा १० करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको सूचना अधिकारी कार्कीले बताए।

अभिनेत्री साम्राज्ञीले भुवन केसीले निर्माण गरेको फिल्ममा काम गर्ने बेला आफूलाई दुव्यर्वहार गरेको भन्दै मिडियामा बोलेकी थिइन्।

त्यस्तै, पछिल्लो पटक एक कार्यक्रमका लागि जापान पुगेको बेला पनि अभिनेता केसीले आफूमाथि दुव्र्यवहार गरेको उनले आरोप लगाएकी थिइन्।

साम्राज्ञीको आरोपपछि मिडियामै आएर त्यसका खण्डन गरेका अभिनेता भुवन केसीले आफूले कानूनी सल्लाह गरिरहेको र आफ्नो चरित्र हत्या गरेकाले गम्भीर कदम चाल्ने बताएका थिए।

साम्राज्ञीको आरोप गलत भएको र त्यसले आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेता केसीले यसअघि कलाकार संघमा पनि उजुरी दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार