कमेडी च्याम्पियन सिजन- २ असोजदेखि

  हल्कारान्यूज  396 पटक हेरिएको

काठमाडौं । कोरोना भाइरसको महामारीसँगै लकडाउन भएपछि रोकिएको कमेडी रियालीटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ अब शुरु हुने भएको छ। कमेडी च्याम्पियन सिजन २ असोजबाट शुरु हुने निर्माण पक्षले जनाएको छ।

आधिकारिक युट्युव च्यानल कमेडी च्याम्पियनमा सिजन २ को ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले अडिसनका लागि तयार रहन आग्रह समेत गरेको छ।

विशाल भण्डारीको निर्देशन रहेको कमेडी च्याम्पियनको सिजन २ मा पनि निर्णायकहरु पुरानै अनुहार दोहोरिने बताइएको छ।

कमेडी च्याम्पियन सिजन १ को निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका थिए। सिजन २ मा पनि पुरानै निर्णायकहरुले निरन्तरता पाउने भएका छन्।

सिजन १ मा कमेडी च्याम्पियन हिमेश पन्त भएका थिए भने सुमन कोइराला र खड्गबहादुर पुन क्रमशः दोस्रो र तेस्रो हुन सफल भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार