
भारत । पश्चिम बंगालको कोलकोतामा एक व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ व्यक्तिहरुलाई एक सय करोड रुपैयाँ तिर्न दुई साताको समय दिएका छन्।
भारतीय सञ्चारमाध्यामका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसायी हुन् र उनले आफ्नो मानहानी गरेको भन्दै श्रीमतीसँग अवैध शारीरिक सम्बन्ध राख्ने १४ व्यक्तिहरुलाई एक सय करोड भारतीय रुपैयाँ तिर्न नोटिस पठाएका हुन्।
यी व्यक्तिले पठाएको नोटिसमा दुई साताभित्र पैसा नदिएको खण्डमा उनीहरु विरुद्ध कानूनी उपचारका लागि प्रक्रिया शुरु गरिने बताइएको छ।
नवभारत टाइम्सका अनुसार कोलकोतामा बस्ने ती व्यक्तिलाई आफ्नी श्रीमतीको केही पुरुषसँग अवैध सम्बन्ध भएको शंका थियो। त्यसपछि उनले आफ्नी श्रीमतीको पिछा गर्न थाले र श्रीमतीको सम्पर्कमा रहेका व्यक्तिहरुबारे पत्ता लगाउन थाले।
अनुसन्धानबाट उनले थाहा पाए कि श्रीमती १४ जना व्यक्तिसँग मस्ती गरिरहेकी छिन्। उनले आफ्ना ड्राइभरलाई जासुसको रुपमा प्रयोग गरी उनीहरु विरुद्ध पर्याप्त प्रमाण जुटाएर नोटिस पठाउने स्थितिमा पुगेको बताएका छन्।
उनले १४ व्यक्तिको सूची तयार गरे र उनीहरुलाई सय करोड भारु क्षतिपूर्तिका लागि कानूनी नोटिस पठाए। नोटिसमा ती व्यक्तिले लेखे, ‘तपाईंहरु सबैले मेरी श्रीमतीसँग अवैध सम्बन्ध स्थापित गर्नुभयो। तपाईंलाई थाहा थियो कि उनी विवाहित हुन् र तपाईंहरुलाई मेरो बारे पनि थाहा थियो।’
नोटिसमा उनले थपे, ‘तपाईंहरुकै कारण मेरो वैवाहिक जीवन बर्बाद भयो त्यसैकारण म तनावमा छु। तसर्थ म तपाईंहरु सबैले मलाई एक सय करोड भारतीय क्षतिपूर्ति पठाउनु पर्नेछ। यो पैसाको भुक्तानी अबको दुई हप्तामा हुनुपर्नेछ। यस्तो नभएको खण्डमा तपाईंहरु सबैजना विरुद्ध कानूनी कारवाही हुनेछ।’