टिचिङ हस्पिटलका थप ८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

  हल्कारान्यूज  386 पटक हेरिएको

काठमाडौँ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले शुक्रबार आएको रिपोर्टमा बिहान ४ र दिउँसो ४ जना गरी ८ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको बताएका छन्।

डा. दासका अनुसार संक्रमितमा १ जना चिकित्सक र ७ जना नर्स रहेका छन्।

यसअघि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। दासका अनुसार अधिकांशमा कोरोनाका लक्षण रहेका छन्। जसमध्ये ४ जना जति होम आइसोलेसनमा बसेका छन्।

बुधबार मात्रै आकस्मिक सेवा विभागका २ चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण देखिएको थियो।

आकस्मिक सेवा विभागका सयभन्दा स्वास्थकर्मीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ भने परीक्षणपश्चात मात्र आकस्मिक कक्ष खोल्ने बताइएको छ। अहिले टिचिङ हस्पिटलको आकस्मिक सेवा बन्द गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार