अस्पतालमा आइसोलेसन बेड नभएपछि घरमै बसेका संक्रमितको गयो ज्यान

  हल्कारान्यूज  562 पटक हेरिएको

विराटनगर । कोरोना भाइरस संक्रमण भएपछि होम आइसोलेसनमा बसेका विराटनगरका एक पुरुषको निधन भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

कोरोनाको लक्षण देखिएपछि भदौ १ गते स्वाब संकलन गरी पठाइएको थियो। भदौ ३ गते उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।

रिपोर्ट पोजेटिभ आए पनि उनी बेड अभावका कारण आइसोलेसनमा भर्ना हुन पाएका थिएनन्। घरमै रहेको अवस्थामा बिहीबार राति उनको निधन भएको विराटनगर महानगरपालिका–६ का वडाध्यक्ष विजय कामतले जानकारी बताए।

मृतक पुरुषमा उच्च रक्तचाप र मधुमेह रोगको समस्या रहेको वडाअध्यक्ष कामतले बताए। अस्पतालमा आइसोलेसन बेड अभाव भएका कारण घरमै राख्नुपर्ने अवस्था आएको र घरमै बिहीबार राति करिब ८ बजे निधन भएको उनले बताए।

शुक्रबार मात्रै पाटन अस्पतालमा २ जना र रुपन्देहीमा १ जना कोरोना संक्रमितको निधन भइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार