बार्यन म्युनिखले लियो युरोपियन च्याम्पियन्स लिगको उपाधि, पीएसजीको सपना अधुरै

  हल्कारान्यूज  220 पटक हेरिएको

युरोपियन च्याम्पियन्स लिगको उपाधि जर्मन च्याम्पियन बार्यन म्युनिखले जितेको छ। फाइनलमा फ्रेन्च च्याम्पियनलाई एक शून्यले हराउँदै बार्यनले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो।

बार्यनको जीतमा कोमनको एक मात्र गोल निर्णायक बन्यो। यसका साथै बार्यनले धेरै पटक यो प्रतियोगिताको उपाधि जित्ने सूचीमा लिभरपुलसँग बराबरी गरेको छ।

यता च्याम्पियन्स लिगको उपाधिको सपना देखेको पीएसजीका लागि यसपटक पनि अधुरो बन्यो। युरोपियन च्याम्पियन हुने योजनाका साथ नौ बर्षमा एक दशलमव दुई विलियन युरो खर्च गरेको पीएसजीले च्याम्पियन्स लिगको उपाधि उचाल्न अझै कुर्नुपर्ने भएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा बार्यनले अग्रता बनायो। उसका लागि किंग्स्ले कोमनले हेडरबाट गोल गर्न सफल भए। उनको त्यो गोल च्याम्पियन्स लिगमा बार्यनको पाँच सयौं गोल थियो। च्याम्पियन्स लिगमा पाँच सय गोल गर्ने बार्यन तेस्रो टिम बनेको छ। बार्यनभन्दा अगाडि बार्सिलोना र रियाल रहेको छ। बार्सिलोनाले ५१७ गोल र रियालले ५६७ गोल गरेको छ।

खेलको अन्तिमतिर दुबै टीमले केही फल खेल खेलेका थिए। जसका कारण १० मिनेटमा तीन जनाले पहेलो कार्ड पाएका थिए। खेलको इन्जुरी समयमा पीएसजीका लागि नेयमार र एम्बाप्पेल पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल हातबाट गुम्यो। त्यसपछि पीएसजी खेलमा फर्कन सकेन र पराजित भयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार