गान्धीको चश्मालाई चार करोड ?

  एजेन्सी  540 पटक हेरिएको

बेलायतमा महात्मा गान्धीको सुनको जलप लगाइएको चश्मा लिलामीमा २.६ लाख पाउन्ड (चार करोड सात लाख रुपैयाँ) मा बिक्री भएको छ। शुक्रबार ईस्ट ब्रिस्टल अक्सन हाउसले इन्स्टाग्राममा चार हप्ताअघि आफ्नो लेटरबक्समा उक्त चश्मा भेटेको जानकारी दिएको छ।

अक्सन हाउसले भनेको छ, ‘यसलाई कोही व्यक्तिले राखेर गएका थिए। चश्मा राखेर जाने व्यक्तिका काकालाई गान्धी आफैंले उक्त चश्मा उपहारमा दिएका थिए।’

गान्धीले आफ्ना सामान त्यस्ता व्यक्तिलाई दिन्थे जसलाई ती वस्तुको अत्यधिक आवश्यकता पर्दथ्यो। लिलामी घरका अनुसार गान्धीले उक्त चश्मा सन् १९२० वा १९३० को दशकमा दक्षिण अफ्रिकामा बेलायती पेट्रोलियममा काम गर्ने एक व्यक्तिलाई दिएका थिए। चश्माको लिलामीबाट १५ हजार पाउन्ड पाइने आशा गरिएको थियो।

जुन व्यक्तिसँग चश्मा थियो लिलामीकर्ता एन्ड्र्यू स्टोवले उनीसँग भएको कुराकानीबारे जानकारी दिएका छन्। स्टोवका अनुसार ती व्यक्तिले भनेका थिए, ‘यदि तपाईंहरुलाई चश्मा मन पर्दैन भने तपाईंले यसलाई फ्याँक्न पनि सक्नुहुन्छ।’

स्टोवले थपे, ‘मैले चश्माको लिलामी १५ हजार पाउन्डसम्म हुनसक्छ भन्दा उनी अचम्मित परेका थिए।’ तर चश्मा २.६ लाख पाउन्डमा बिक्री भयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार