फूटको संघारबाट फर्किएको हो नेकपा ? हेर्नुस् कार्यदलको सुझाव प्रतिवेदनको पूर्णपाठ

  हल्कारान्यूज  427 पटक हेरिएको

काठमाडौं । झण्डै फुटको संघारमै पुगेर फर्किएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि गठन भएको कार्यदलले बुझाएको सुझाव प्रतिवेदनमा के होला भन्ने चासो पार्टी कार्यकर्ता मात्रै होइन, आम नागरिकलाई समेत भएको छ। त्यहीँ चासोलाई मध्यनजर गर्दै हामीले यहाँ उक्त सुझाव प्रतिवेदनको पूर्णपाठ नै प्रस्तुत गरेका छौं ।

नेकपा कार्यदलले तयार पारेको १७ पृष्ठको सुझाव प्रतिवेदनमा दुई अध्यक्षको कार्यक्षेत्र स्पष्ट गर्ने कोशिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाल कायम रहेको प्रतिनिधि सभाको कार्यकालभरि प्रधानमन्त्री हुने र सरकारका काममा केन्द्रित हुने प्रस्ताव रहेको छ।

त्यस्तै, पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष रहने र पार्टी काममा केन्द्रीत रहने कार्यदलको प्रस्ताव छ।

यसअघि गत मंसिर ४ गते ओली र प्रचण्डबीच भएको सहमतिमा पनि ओलीले सरकार चलाउने र प्रचण्डले कार्यकारी अध्यक्ष बनेर पार्टी चलाउने उल्लेख गरिएको थियो। तर प्रचण्डले खुलेर उक्त कार्यकारी अधिकारको प्रयोग गर्न पाएका थिएनन्। कार्यदलको प्रस्तावअनुसार प्रचण्डलाई पार्टी बैठकको सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने भनिएको छ। कार्यदलले प्रधानमन्त्री ओलीको पार्टी भूमिकातिर भन्दा सरकारकै काममा केन्द्रीत हुने भनिएको छ।

‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र मूलतः सरकारको काममा केन्द्रीत हुने,’ प्रतिवदेनमा भनिएको छ, ‘अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकको सञ्चालन, निर्णयको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने।’

अध्यक्षद्वयले पार्टी र सरकारबीचको काममा समन्वय गर्ने र संस्थागत रूपमा अघि बढाउने समेत प्रतिवदेनमा भनिएको छ। सार्वजनिक रूपमा तथ्यहीन र अमर्यादित आरोप बन्द गर्ने तथा गुटबन्दीपूर्ण क्रियाकलाप पनि नगर्ने भनिएको छ।

२०७७ सालको चैत २५ देखि ३० गतेसम्म पार्टीको एकता महाधिवेशन गर्न कार्यदलले प्रस्ताव गरेको छ। महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्न आगामी असोज १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक आयोजना गर्न कार्यदलले प्रस्ताव गरेको छ।

त्यस्तै एमसीसी परियोजना सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यक्ताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने भनिएको छ।

पार्टीभित्रको विवाद समाधानका लागि साउन ३० गते नेकपाले कार्यदल बनाएको थियो। महासचिव विष्णु पौडेलको संयोजकत्वमा रहेको कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुषाल रहेका थिए।

कार्यदलले शनिबार दुई अध्यक्षलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। दुई अध्यक्षले प्रतिवदेन छलफल गरेपछि त्यसलाई सचिवालय बैठकमा लैजाने र त्यसपछि स्थायी कमिटीमा पेश गर्ने तयारी छ।

हेर्नुहोस् कार्यदलले दिएको सुझाव प्रतिवेदनको पूर्णपाठ-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार