बार्सिलोना छाड्ने मेसीको निर्णय, क्लव बोर्डको आपतकालीन बैठक

  हल्कारान्यूज  378 पटक हेरिएको

बार्सिलोना । फुटबलर लियोनल मेसीले बार्सिलोना छाड्ने औपचारिक निर्णय लिँदै ‘ट्रान्सफर’ का लागि सनसनीपूर्ण अनुरोध गरेका छन्। अर्जेन्टिनाका ३३ वर्षीय खेलाडी मेसीले मंगलबार क्लबलाई फ्याक्स गर्दै आफूले क्लब छाड्ने सर्त अभ्यास गर्न चाहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले लेखेका छन्।

उनको अनुबन्धमा आफूले चाहेमा तत्काल लागू हुने गरेर बिनामूल्य क्लब छाड्न पाइने उल्लेख छ। युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिकसँग ८–२ ले पराजित भएपछि उनी क्लब छाड्ने मनसायमा पुगेका थिए।

६ पल्टका बलोन डे’अर विजेता खेलाडी र बार्सिलोना व्यवस्थापनबीच लामो समयदेखि राम्रो सम्बन्ध छैन्। बार्सिलोना भने अनुबन्धअनुसार मेसीले बिनामूल्य क्लब तत्काल छाड्न सक्ने सर्त समाप्त भइसकेको मान्छ।

बार्सिलोना सन् २०२१ सम्म कायम अनुबन्ध अनुसार मेसीलाई अन्य क्लबले किन्न ७० करोड युरो तिर्नुपर्ने सर्त रहेको मान्छ। मेसीको निर्णय बाहिर आएपछि बार्सिलोना बोर्डको आपतकालीन बैठक बस्ने तयारी भइरहेको स्पानिस अनलाइनहरुले लेखेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार