भारतले लगायो चर्चित मोबाइल गेम पब्जीमाथि प्रतिबन्ध

  एजेन्सी  222 पटक हेरिएको

काठमाडौं । भारतले चर्चित मोबाइल गेम एप पब्जी सहित ११८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ।

भारतको केन्द्रीय आइटी मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यी चिनियाँ एपहरु भारतको सार्वभौमिकताको लागि खतरा रहेको निष्कर्ष निकाल्दै भारत सरकारले प्रतिबन्ध लगाएको हो।

हालैका दिनमा चीन र भारतबीच सिमा विवाद उत्कर्षमा पुगेको छ। पूर्वी लद्दाखको गलवान भ्यालीमा २० सैनिक मारिएपछि भारतले यसअघि टिकटकसहित अन्य चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो।

पछिल्लो एक साताको बीचमा लद्दाखमा दुई देशका सेनाबीच दुई पटक झडप भएको थियो। उक्त झडपमा क्षति १ जना भारतीय सेनाको निधन भएको बताइएको छ।

दुई देशबीच विवाद बढ्दै जाँदा विभिन्न अनलाइन प्रविधिमा आधारित मोबाइल एपहरुमा प्रतिबन्ध लगाउने क्रम बढिरहेको छ। भारतले पछिल्लो समय चिनियाँ प्रविधिमा आधारित एपहरु खोजी खोजी बन्द गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार