राजश्व संकलनका लागि बैंकका सबै शाखाहरु खोल्न राष्ट्र बैंकको निर्देशन

  हल्कारान्यूज  97 पटक हेरिएको

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको छ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो।

राजश्व उठाउने म्याद भदौ २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ। सरकारले राजश्व तिर्ने समयसीमा भदौ २५ सम्म तोकेको छ। सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुने र राजश्व तिर्न असहज हुने भएकोले सहज वातावरण बनाउनका लागि त्यस्तो निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।

अहिले बैंकले सीमित शाखा कार्यालयहरु मात्रै खोलेर सेवा दिइरहेका छन्। अब शाखा कार्यालय तथा काउन्टरहरु खोलेपछि कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न विशेष सुरक्षा सतर्कता अपनाउनुपर्ने भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार