तीन वर्षदेखि बन्द रहेको जग्गा कित्ताकाट खुल्यो

  हल्कारान्यूज  395 पटक हेरिएको

काठमाडौं । सरकारले तीन वर्ष अघिदेखि बन्द गरेको जग्गा कित्ताकाट खुला गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भदौ १८ गते मन्त्रीस्तरीय निर्णय गर्दै जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेकी हुन्।

२०७४ सालमा तत्कालीन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरि कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए। दहितले बन्द गराएको कित्ताकाट अर्यालले फुकुवा गरेकी हुन्।

‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ’ मन्त्रालयको निर्णयमा भनिएको छ। मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ।

खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न भन्दै मन्त्रालयले तीन वर्ष पहिले गरेको त्यो सर्वसाधारणका लागि अभिसाप बनेको थियो। कित्ताकाट गरेबापत प्रतिआना १ लाख ५० हजार रुपैयाँसम्म नजराना बुझाउनु परेको गुनासो अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमा पुगेको छ। दहित आफैले १३ वटा कम्पनी र व्यक्तिलाई भने जग्गा प्लटिङ गर्न पाइने निर्णय गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार