काठमाडौं उपत्यकामा अटोबजार सोमबार र बुधबार खुल्ने

  हल्कारान्यूज  842 पटक हेरिएको

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा केही खुकुलो बनाएपछि सातामा दुई दिन अटोबजार पनि खुल्ने भएको छ।

सरकारले हप्ताको दुई दिन सोमबार र बुधबार अटो बजारसमेत खुल्ला गर्ने निर्णय गरेपछि व्यवसायीहरुलाई केही राहत भएको छ।

अटो व्यवसायीहरुले सरकारले लकडाउन खुल्ला नगरे बिहीबारबाट जबरजस्ती भए पनि बजार खुल्ला गर्ने चेतावनी दिएका थिए।

नाडा अटो मोबाइल एसोसिएसनले कोभिड १९ संक्रमणबाट बच्ने कडा सुरक्षात्मक उपाय अवलम्बन गर्दै व्यवसाय खोल्ने वातावरण बनाउन चेतावनी सहित सोमबार विज्ञप्ति जारी गरेको थियो। अन्यथा आफैँ खुलाउने विज्ञप्तिमा भनिएको थियो।

नाडाले सरकारले निषेधाज्ञा नखोले जनता स्वयं सडकमा आउने भन्दै उसले कोरोनाबाट बच्ने उपाय निषेधाज्ञा वा लकडाउन नभएकोले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको थियो।

‘संक्रमणबाट बच्ने सुरक्षात्मक उपायको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्छ’, विज्ञप्तिमा भनिएको थियो, ‘जनता स्वयं नै आफ्नो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना हुँदा सरकारले हाल जारी निषेधाज्ञाबारे पुनर्विचारका लागि हामी अपील गर्दछौँ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार