
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद अध्यक्षद्वयको साझा सहमतिको प्रतिवेदन निर्माणसम्म पुग्दा सहमतिमा पुगेको छ। अध्यक्षद्वयले स्थायी कमिटी बैठकमा पेस गर्न सहमतिको साझा प्रस्ताव बनाएर स्थायी कमिटी सदस्यहरुलाई वितरण समेत गरिसकेका छन्।
प्रस्तावमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदन, त्यसमाथि सचिवालय सदस्यले राखेको सुझावलाई समेटेका छन्। ओली र प्रचण्डले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा छलफल गरी साझा प्रस्तावलाई अन्तिम रूप दिएका हुन्।
नेकपाले भोलि शुक्रबारका लागि स्थायी समिति बैठक बोलाइएको छ। गत असार १० देखि शुरु भएको बैठक बीचमा ओलीको राजीनामा मागिएपछि साउन १३ यता अवरुद्ध भएको थियो। साउन १३ मा ओली पक्षले रोक्ने र दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राख्ने क्रम चलेपछि विवादले उग्र रूप लिएको थियो।
प्रस्ताव अनुसार पार्टीलाई विधि र प्रक्रियाको आधारमा सञ्चालन गर्न, मन्त्रिमण्डल पुनर्गठन गर्न, केन्द्रीय सदस्यको जिम्मेवारी पुनरावलोकन गर्न र कात्तिकदेखि महाधिवेशनको तयारी थाल्न ओली र प्रचण्ड सहमत भएका छन्।
चैत २५ देखि ३० सम्म महाधिवेशन गर्नेगरी तयारी गरेको नेकपाले यससम्बन्धी कार्ययोजना पारित गर्न कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक राख्ने प्रस्ताव गरेको एक नेताले जानकारी दिए।
हेर्नुस् स्थायी कमिटीमा प्रस्तुत गर्न लागिएको अध्यक्षद्वयको साझा प्रस्तावको पूर्णपाठ-