जितिया पर्वको अवसरमा राष्ट्रिय सभा उपाध्यक्षले दिइन् शुभकामना

  हल्कारान्यूज  495 पटक हेरिएको

काठमाडौं । पूर्वी तराई मधेश र मिथिला क्षेत्रमा धूमधामपूर्वक मनाइने जितिया पर्वको अवसरमा राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दहालले शुभकामना व्यक्त गर्नुभएको छ।

बिहीबार शुभकामना सन्देश जारी गर्दै उपाध्यक्ष दहालले कोरोना महामारीको संकटबाट बच्दै जनस्वास्थ्यका आधारभूत मापदण्डहरुको पालना गरी घरमै बसेर जितिया पर्व मनाउन आग्रह गर्नुभएको छ।

विश्व समुदायलाई नै चुनौती बनेको कोरोना भाइरसको महामारीबाट बच्न सके चाडपर्वहरु फेरि पनि आउने भन्दै उहाँले सचेत रहन अपील गर्नुभएको हो।

जितिया पर्व मिथिला क्षेत्रका महिलाहरुको धार्मिक, साँस्कृतिक आस्था एवं विश्वासको पर्व भएको चर्चा गर्दै उपाध्यक्ष दहालले यस्ता पर्वहरुले एक आपसमा सौहार्द सम्बन्ध, सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम गर्न थप योगदान पु¥याउने विश्वास लिएको बताउनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार