किन गर्यो चीनले भारतीय सीमा नजिक लडाकू विमान तैनाथ ?

  एजेन्सी  429 पटक हेरिएको

एजेन्सी । चिनियाँ जनमुक्ति सेनाले भारतसँगको सीमा विवाद भएको क्षेत्र नजिकै बमवर्षक विमान तैनाथ गरेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनले एच सिक्स बमवर्षक र रियानवाइ ट्वेन्टी एयर लिफ्टर लडाकू विमान पूर्वी लद्दाख क्षेत्रमा तयारी अवस्थामा राखेको हो।

भारतसँग पटक–पटक झडप भएपछि चिनियाँ जनमुक्ति सेनाले विवाद बढेका सीमा क्षेत्रमा आफ्नो संख्या पनि बढाएको छ। चिनियाँ जनमुक्ति सेनाले जुनसुकै परिस्थितिका लागि आफ्नो देश तयार रहेको जनाएको छ।

लडाकू जहाजले क्रुज मिसाइलको ओसार पसार गर्न सक्ने र एक पटकमा २ हजार ५ सय किलोमिटरको यात्रा तय गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भारतसँगको सीमा विवाद उत्कर्षमा पुगेपछि चिनियाँ सेनाले सैन्य अभ्यास पनि जारी राखेको छ। लद्दाख नजिकको सिनजियाङ क्षेत्रमा धमाधम यु द्ध अभ्यास भइरहेको छ।

यसैबीच तनाब बढ्दै गएपछि भारत र चीनका विदेशमन्त्रीको बैठक बस्ने बताइएको छ। सांघाई को–अपरेसनको बैठकमा मस्को पुगेका दुवै देशका विदेशमन्त्रीबीच अनौपचारिक वार्ता हुने बताइएको छ। आइतबार औपचारिक संवाद गर्ने दुबै देशका विदेशमन्त्रीको तयारी रहेको बीबीसीले जनाएको छ।

यसअघि दुवै देशका रक्षामन्त्रीबीच मस्कोमै भेटवार्ता भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार