घरभित्रै परिवारका तीन जनाको शव भेटियो, अनुसन्धान गर्दै प्रहरी

  हल्कारान्यूज  452 पटक हेरिएको

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं. ९ निकोसेरास्थित एकै परिवारका ३ जना मृत फेला परेका छन्। ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेको प्रहरीले जनाएको छ।

एकै परिवारका तीन जनाको शंकास्पद निधन भएको र त्यसको अनुसन्धान थालिसकेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए।

मृतकका भाइ सुनिल अधिकारी घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको छ।

हत्या केही दिन पहिले भएकोजस्तो देखिएको भन्दै एसएसपी थापाले घटना कहिले भएको र कसले गरेको भन्ने अनुसन्धान गरिरहेको बताए।

अहिले घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार