सिन्धुपाल्चोकमा फेरि अर्को पहिरोः १३ घर पुरियो, ६ शव भेटियो, २४ बेपत्ता

  हल्कारान्यूज  387 पटक हेरिएको

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ को भिरखर्क र नागपुजेमा पहिरो जाँदा १३ घर पुरिएको छ। पहिरोमा पुरिएर हराइरहेका मध्ये ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

अविरल बर्षापछि आएको पहिरोले घरहरु पुरिंदा २४ जना अझैं पनि हराइरहेका छन्।

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ। प्रहरीका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको छ। घटनास्थल बाह्रबिसेदेखि १७ किलोमिटर उत्तरतर्फ पर्दछ।

रातभर पानी परिरहेकोले घटनास्थलसम्म पुग्ने बाटोका अन्य स्थानमा समेत साना पहिरो खसेको र बाटो बिगारेकोले घटनास्थलसम्म पुग्न कठिनाइ भएको स्थानीयले बताएका छन्।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन्।

सभामुख अग्नि सापकोटासहितको टोली पनि आजै बिहान स्थलमार्गबाट पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार