खाली सिलिण्डरको तोकियो मूल्य, फरक कम्पनीको साटेको पाइए कार्बाही !

  हल्कारान्यूज  1542 पटक हेरिएको

काठमाडौं । खाना पकाउने एलपी ग्यासका खाली सिलिण्डरहरुको मूल्य निर्धारण गरिएको छ।

खाली ग्यास बिक्रेताले मनोमानी ढंगले ग्यासका खाली सिलिण्डरहरुको पैसा लिएको भन्दै नेपाल एलपी ग्यास उद्योग संघले मूल्य निर्धारण गरेको हो।

ग्यास बिक्रेताले फरक/फरक मूल्यमा खाली सिलिण्डरको पैसा लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ।

संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य दुई हजार एक सय रुपैयाँ तोकेको छ।

संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिनसमेत अुनरोध गरेको छ। संघले आफ्नो कम्पनीबाहेक अरुको खाली सिलिण्डर साट्नु गैरकानुनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने समेत जनाएको छ।

कतिपय बिक्रेताले फरक कम्पनीको खाली सिलिण्डर महंगो शुल्क लिएर साट्ने गरेको समेत पाइएकाले कडा व्यवस्था गर्नुपरेको संघको भनाई छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार