कोरोनाबाट पहिलोपटक नेपालमा एक सैनिकको निधन, २ हजार बढी संक्रमित

  रासस  1301 पटक हेरिएको

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित नेपाली सेनाका एक जवानको निधन भएको छ। काठमाडौँमा सेवारत रामेछाप घर भएका ३४ वर्षीय सैनिकको गत भदौ २९ गते निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार निधन भएका सैनिकको निधनपछि परीक्षण गरिएको थियो। कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो।

यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको नेपाली सेनाले जनाएको छ। तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो।

सरकारले नेपाली सेनालाई कोरोना संक्रमणबाट निधन भएका शवहरुको व्यवस्थापनका लागि जिम्मेवारी दिएको छ। कोरोनाबाट निधन भएकाहरुको शव अस्पतालबाट तोकिएको स्थानमा लिई उनीहरुको शव व्यवस्थापन गर्दा धेरै सेनाहरु संक्रमित भएको हुनसक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार