काठमाडौं, रूपन्देही र भक्तपुरमा थपिए धेरै, देशभर कुन जिल्लामा कति? हेर्नुस् सूची

  हल्कारान्यूज  794 पटक हेरिएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनुभयो। आइतबार थपिएकासँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ।

कूल संक्रमितमध्ये ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् भने ४११ जनाको निधन भइसकेको छ।

जिल्लागत रूपमा आइतबार पनि काठमाडौंमा सबैभन्दा बढी ६०२ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा १०१ जना र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो।

हेर्नुस् कुन जिल्लामा कति ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार