शुक्रबार १३१३ जनामा संक्रमण पुष्टि, काठमाडौं र ललितपुरमा थपिए धेरै! कुन जिल्लामा कति ?

  हल्कारान्यूज  1204 पटक हेरिएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा १२ हजार २६२ नमुना परीक्षण गर्दा १३१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनुभयो। शुक्रबार थपिएकासँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ।

कूल संक्रमितमध्ये शुक्रबार १ हजार ४५५ जनासहित हालसम्म ५१ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् भने १८ हजार २८९ जना सक्रिय संक्रमितको रुपमा रहेका छन्।

त्यसैगरी हालसम्म कोरोना संक्रमणबाट ४५९ जनाको निधन भइसकेको छ भने आइसीयूमा २२७ जना र भेन्टिलेटरमा ३९ जनाको उपचार भइरहेको गौतमले जानकारी दिनुभयो।

शुक्रबार जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा बढी ५०३ जनामा संक्रमण पुष्टि भएको छ। ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो। यसरी काठमाडौं उपत्यकामा मात्रै शुक्रबार ६४५ जना संक्रमित थपिएका छन्।

हेर्नुस् कुन जिल्लामा कति ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार