शनिबार १२०७ थप संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

  हल्कारान्यूज  325 पटक हेरिएको

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार१९ नमुना परीक्षण गर्दा ४११ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ। उनीहरुमध्ये ४६७ जनाको निधन भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा मात्र १ हजार १४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति संक्रमित थप ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र शनिबार ७२४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन्।

यस्तै मोरङका ७८ जना, रुपन्देहीका ७३, बाँकेका ३०, दाङका २८, पर्साका २४, सुनसरीका २३, काभ्रे र मकवानपुरका १७/१७ जना, सिन्धुली र डोटीका १५/१५ जना, अछामका १३, चितवनका १२, सप्तरीका ११, कास्की र नवलपरासीका १०/१० तथा झापा, धादिङ, रामेछाप र बर्दियाका ७/७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट र रोल्पाका ६/६ जना, गुल्मी, प्युठान र दार्चुलाका ५/५ जना, धनुषा, बारा, सर्लाही, सिन्धुपाल्चोक, तनहुँ र स्याङ्जा ४/४ जना, गोरखा, कपिलवस्तु र पाल्पाका ३/३ जना, भोजपुर, नुवाकोट, अर्घाखाँची र बझाङका २/२ जना तथा उदपयपुर, सोलुखुम्बु, महोत्तरी, सिराहा दोलखा, नवलपुर, लमजुङ, बाग्लुङ, सल्यान, कञ्चनपुर र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार