नेपालमा आइतबार थप १५७३ मा संक्रमण पुष्टि, कुन जिल्लामा कति? विस्तृत विवरण

  हल्कारान्यूज  979 पटक हेरिएको

काठमाडौं । आइतबार नेपालमा थप १ हजार ५७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार १२३ नमुना परीक्षण गर्दा १ हजार ५७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनुभयो। आइतबार थपिएकासँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ।

कूल संक्रमितमध्ये हालसम्म ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् भने १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन्।

त्यसैगरी आइतबार कोरोना संक्रमणबाट १० जनाको निधन भएसँगै कूल ४७७ जना संक्रमितको निधन भइसकेको छ।

आइतबार जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा बढी ६३३ जनामा संक्रमण पुष्टि भएको छ। ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो। यसरी काठमाडौं उपत्यकामा मात्रै आइतबार ८०९ जना संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यका बाहिर सबैभन्दा बढी मोरङमा १५२, चितवनमा ८३, सुर्खेतमा ७६, कैलालीमा ५६ र रुपन्देहीमा ४७ जनामा संक्रमण देखिएको छ।

हेर्नुस् कुन जिल्लामा कति चार्टमा ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार