देशभर थप १५१३ संक्रमण पुष्टि, मंगलबार उपत्यकामा सबैभन्दा बढी संक्रमित (कुन जिल्लामा कति?)

काठमाडौंमा अहिलेसम्मकै धेरै संक्रमण पुष्टि, संक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो

  हल्कारान्यूज  864 पटक हेरिएको

काठमाडौं । मंगलबार नेपालमा थप १ हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८९१ नमुना परीक्षण गर्दा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनुभयो। मंगलबार थपिएकासँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ।

मंगलबार ७३१ जना संक्रमितहरु निको भई डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो। मंगलबार डिस्चार्ज भएकासहित हालसम्म ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् भने संस्थागत तथा होम आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ।

त्यसैगरी मंगलबार १० जना संक्रमितको निधन भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४९१ पुगेको छ। त्यस्तै, आइसीयूमा २१३ र भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको गौतमले बताउनुभयो।

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थपिए

मंगलबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा बढी ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो।

काठमाडौं उपत्यका बाहिर सबैभन्दा बढी मोरङमा १०१, रुपन्देहीमा ९५ र चितवनमा ६२ र बाँकेमा ४१ जनामा संक्रमण देखिएको छ।

हेर्नुस् कुन जिल्लामा कति?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार