बुधबार थप १५५९ संक्रमण पुष्टि, कुन जिल्लामा कति?

  हल्कारान्यूज  991 पटक हेरिएको

काठमाडौं । बुधबार नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा १ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनुभयो। बुधबार थपिएकासँगै कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ।

बुधबार १ हजार ५७ जना संक्रमितहरु निको भई डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो। बुधबार डिस्चार्ज भएकासहित हालसम्म ५६ हजार ४२८ जना संक्रमणमुक्त भएका छन् भने संस्थागत तथा होम आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुगेको छ।

त्यसैगरी बुधबार थप ७ जना संक्रमितको निधन भएको गौतमले जानकारी दिनुभयो। यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ। त्यस्तै, आइसीयूमा २०१ र भेन्टिलेटरमा ३० जनाको उपचार भइरहेको गौतमले बताउनुभयो।

बुधबार काठमाडौं उपत्यकामा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार उपत्यकामा ९३४ जनामा संक्रमण देखिएको थियो।

जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा बढी ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो।

काठमाडौं उपत्यका बाहिर सबैभन्दा बढी मोरङमा ९८, रुपन्देहीमा ७० र चितवनमा ६२ जनामा संक्रमण देखिएको छ।

हेर्नुस् कुन जिल्लामा कति?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार