प्रदेश ५ को नाम लुम्बिनी, राजधानी भालुबाङ

  हल्कारान्यूज  3332 पटक हेरिएको

वुटवल । प्रदेश ५ सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बनाउन प्रदेश सभामा प्रस्ताव पेश गरेको छ।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुबाङ राख्न प्रस्ताव गरेका हुन्।

बैठकमा प्रदेशको नाम र राजधानी प्रस्ताव गर्ने क्रममा मन्त्री केसीले गौतम बुद्धको पहिचान जोडिएको लुम्बिनीलाई प्रदेशको नामकरण गर्ने र प्रदेशका सबै क्षेत्रका जनतालाई पायक पर्ने गरी दाङको भालुबाङलाई राजधानी बनाउन प्रदेश सरकारले प्रस्ताव गरेको बताए।

‘दाङ जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनारको मैदान भाग, राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी तोकियोस् भनी यस सभासमक्ष प्रस्ताव गर्दछु।’

केसीले प्रदेश सरकारको प्रस्ताव प्रदेश सभा बैठकमा प्रस्तुत गर्दै भने, ‘शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै साझा चिनारीको रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामांकन गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्दछु।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार