कांग्रेसका प्रदेश सांसदले आफै बसेका कुर्सी निकालेर ठटाए टेबुल, भाँचियो माइक (भिडियोसहित)

  हल्कारान्यूज  1871 पटक हेरिएको

काठमाडौं । प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको तोकिएको विरोधमा प्रदेश ५ को प्रदेश सभामा नेपाली कांग्रेसका सांसदले विरोध गर्दै कुर्सी टेबुल तोडफोड गरेका छन्।

सोमबार प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ।

प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गर्न रोष्टममा जान थालेका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई रोक्न नसकेपछि कांग्रेस सांसदहरुले आफू बसेको कुर्सी उठाएर टेबलमा ठटाएका थिए। कुर्सी प्रहारबाट माइक भाँचिएको छ भने आफ्नै टेबुल ढलाएर सांसद्हरुले विरोध गरेका छन्।

सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए। सरकारले स्थायी राजधानी दाङदेउखुरीको राप्ती उपत्यकामा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको छ।

कांग्रेसको विरोधका बाबजुद अहिले मन्त्री केसीले प्रस्ताव गरेको प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्तावमा सांसदहरुले बोल्ने क्रम जारी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार