
काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरमा २४४० संक्रमित पुष्टि हुँदा १५३१ काठमाडौं उपत्यकाभित्रकै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा बढी ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो।
काठमाडौं उपत्यका बाहिर सबैभन्दा बढी सुनसरीमा १२२, चितवनमा १०३, रौतहटमा ८४, नवलपरासी पूर्वमा ६६, रुपन्देहीमा ५८ र मोरङमा ५५ जनामा संक्रमण देखिएको छ।
हेर्नुस् कुन जिल्लामा कति? कोभिड–१९ को आजको विस्तृत विवरण