क्रिकेट रंगशालाका लागि प्रदेश सरकारले दियो धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड

  हल्कारान्यूज  696 पटक हेरिएको

चितवन । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लागि बाग्मती प्रदेश सरकारले धुर्मुस सुन्तली फाउण्डेसनलाई तीन करोड रुपैयाँ हस्तान्तरण गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा हिजो आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई रु. तीन करोडको चेक हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ काम गरेकामा प्रशंसा गर्दै रङ्गशाला निर्माणको गति तीब्र भएकामा खुशी व्यक्त गर्नुभयो। उहाँले रङ्गशाला निर्माण परियोजना छिटो सक्नका लागि फाउन्डेसनलाई शुभकामना दिनुभयो।

मुख्यमन्त्री पौडेलले रङ्गशाला निर्माणमा धेरै चुनौतीहरु रहेकाले सबै क्षेत्र मिलेर यसलाई सफल बनाउनुपर्ने बताउनुभयो।

सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारका तर्फबाट रङ्गशाला निर्माणका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

फाउन्डेसनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणमा सरकारले सहयोग गरेकामा आभार व्यक्त गर्दै रङ्गशाला निर्माणमा हाल २३३ जना जनशक्तिले नियमित काम गरिरहेको भन्दै छिटै रंगशाला निर्माणको काम सम्पन्न गरिने जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार