अक्टोबर १३ मा आउँदै एप्पल १२

  एजेन्सी  601 पटक हेरिएको

काठमाडौं । एप्पलले अक्टोबर १३ मा आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

अक्टोबर १३ अर्थात् आउँदो मंगलबार आयोजना हुने विशेष समारोहका लागि एप्पलले मंगलबार निम्तो पठाएको छ। उक्त निम्तोलाई एप्पलले हाइ स्पिड निमन्त्रणा भनेको छ।

अक्टोबर १३ मा एप्पलले आफ्नो आइफोनको नयाँ संस्करण आइफोन–१२ सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। आइफोन–१२ फाइभ जी कनेक्टिभिटी भएको एप्पलको पहिलो आइफोन हुनेछ।

फाइभ जी कनेक्टिभिटीका कारण आइफोन–१२ ले बजारमा तहल्का पिट्ने र प्रयोगकर्ताहरुको पहिलो रोजाइमा पर्ने विश्लेषण विज्ञहरुले गरेका छन्।

एप्पलले सामान्यतयाः हरेक वर्ष सेप्टेम्बर महिनामा आफ्नो आइफोनको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको थियो। तर यस वर्ष गत सेप्टेम्बरमा आयोजित समारोहमा एप्पलले अन्य ग्याजेट सार्वजनिक गरे तापनि आइफोन ल्याएन।

सेप्टेम्बरमा एप्पलले आफ्नो नयाँ आइप्याड तथा एप्पल वाच लगायतका प्रडक्टहरु सार्वजनिक गरेको थियो।

कोरोना भाइरस महामारीका कारण उत्पादन तथा आपूर्ति सञ्जालमा अवरोध भएका कारण एप्पलले गत महिना आइफोन–१२ सार्वजनिक नगरेको हुनसक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार