शनिबार उपत्यकामा मात्रै २६ सय बढी संक्रमित थप, कुन जिल्लामा कति?

  हल्कारान्यूज  1121 पटक हेरिएको

काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा थप २ हजार ६७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

देशभर ५ हजार ८ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकाका मात्रै २६७२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा बढी २१००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो।

काठमाडौं उपत्यका बाहिर सबैभन्दा बढी सुनसरीमा ३९४, मोरङमा ३६९, रुपन्देहीमा २१५, चितवनमा १४७, सुर्खेतमा १३४ र दाङमा ९३ जनामा संक्रमण देखिएको छ।

कुन जिल्लामा कति? कोभिड–१९ को आजको विस्तृत विवरण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार