कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव, को कसले गरे हस्ताक्षर?

  हल्कारान्यूज  1933 पटक हेरिएको

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जना सांसदको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाइएको छ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरूमा प्रदेश सभा सदस्य यामलाल कँडेल, प्रदेश सभाकी उपसभामुख पुष्पा घर्तीमगरलगायत रहेका छन्। पूर्व माओवादीतर्फका ३ जना र पूर्वएमालेका १५ जनाले हस्ताक्षर गरेको उक्त अविश्वासको प्रस्ताव प्रमुख सचेतक गुलाबजङ्ग शाहले बुझेको बताएका छन्।

नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको सांसदहरुको आरोप छ।

पूर्वएमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेताको रूपमा चिनिएका यामलाल कँडेलले नै यसको नेतृत्व गरेको सांसद्हरूले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार