कर्णाली प्रदेश नेकपा संसदीय दलका सचेतक गुलाबजंग शाह पदमुक्त, नयाँ सचेतकमा नेपाली

  हल्कारान्यूज  6303 पटक हेरिएको

सुर्खेत । कर्णाली प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरी उनको ठाउँमा नयाँ सचेतक नियुक्त गरिएको छ।

नेकपाको प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक शाहलाई प्रमुख सचेतकबाट हटाएका हुन्।

मुख्यमन्त्री शाहीले सोमबार उनलाई जिम्मेवारीमुक्त गरिएको पत्र दिएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ।

पत्रमा भनिएको छ, ‘तपाईंले गरेको कामकारवाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामको लागि धन्यवाद दिँदै तपाईंलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सभा दलको प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु।’

साथै, शाहीले सोमबार नै दलको प्रमुख सचेतकको रुपमा प्रदेश सभा सदस्य सिता कुमारी नेपालीलाई नियुक्त गरिसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार