एनआईसी एशिया बैंकको दशै तिहार अफर– डिजिटल उत्सव

  हल्कारान्यूज  622 पटक हेरिएको

काठमाडौं । एनआईसी एशिया बैंकले दशैं, तिहार, नेपाल संवत् एवं छठपर्वलाई मध्यनजर गरी ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ।

यस योजना अनुसार बैंकका ग्राहकहरूले कार्तिक १ देखि मंसिर ५ गतेसम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत् किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन्।

उक्त योजनामा बैंकका मोबाइल बैंकिङ तथा कार्ड (डेबिटरक्रेडिट) प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

 

देशव्यापी फैलिएको कोरोना संक्रमणका कारण सामाजिक दूरी कायम राख्नुपर्ने आवश्यकतालाई आफ्नो उत्तरदायित्व महसुश गर्दै दशैं, तिहार, नेपाल संवत् एवं छठ पर्वको अवसरमा ग्राहकहरूलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरू खरिद गर्न ल्याएको ‘डिजिटल उत्सव’ योजना सहज एवं सुरक्षित हुने बैंकको विश्वास रहेको जनाएको छ।

चाडपर्वको कोशेलीस्वरूप ल्याइएको यस योजनाले आम ग्राहकहरूको समेत डिजिटल कारोबारमा पहुँच पुर्याउँदै मुलुकमा नगदरहित कारोबारको विस्तार गर्न थप सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ।

बैंकले ल्याएको ‘डिजिटल उत्सव’ योजनाअन्तर्गत ग्राहकले विभिन्न इलेक्ट्रोनिक्स सामग्री, गरगहना, ग्याजेट, सवारी साधन, खाद्यान्न, हेलिकप्टर टुर लगायत विभिन्न सामग्रीहरू नगद छुट तथा क्यास ब्याकमा खरिद गरी यो वर्षको चाडपर्वमा खुसीयाली थप्न सक्ने बताइएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार