कक्षा १२ को परीक्षा मंसिर ९ देखि (तालिकासहित)

  हल्कारान्यूज  488 पटक हेरिएको

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ। बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो।

बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ। वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो।

स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए। शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ।

हेर्नुस् परीक्षा तालिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार