युनाइटेड र टोटनह्यामको भन्दा मेस्सी र रोनाल्डो हाने बढी गोल

वितेको एक दशक फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीका लागि स्वर्ण युग सावित भयो।

दुवैले बालुन डि’ओर, फिफा वर्ष खेलाडी, युइएफए वर्ष खेलाडी, युइएफए च्याम्पियन्स लिग, युरोपियन गोल्डेन बुट लगायतका दर्जनौं उपाधिमा एकछत्र राज गरे।

यतिमात्र होइन मेस्सी र रोनाल्डोको एक दशकको गोल इंग्लिस प्रिमियर लिग खेल्ने कैयौं क्लबको भन्दा बढी छ।

तथ्यांकलाई हेर्दा म्यानचेस्टर युनाइटेड क्लबले सन् २०१० देखि सन् २०२० को जनवरी १ सम्म ६ सय ८८ गोल गरेको छ। टोटनह्यामले ६ सय ५७ गोल गरेको छ।

गएको दश वर्षमा मेस्सी र रोनाल्डो दुवैको गोल जोड्दा ७ सय ४ गोल पुग्छ। यसको मतलब मेस्सी र रोनाल्डोले मिलेर म्यानचेस्टर युनाइटेड र टोटनह्यामभन्दा बढी गोल गरेका छन्।

एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार