चिनियाँ कम्युनिष्ट पार्टीले पठायो महरालाई समवेदना पत्र

  हल्कारान्यूज  2458 पटक हेरिएको

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागले पूर्वसभामुख कृष्णबहादुर महरालाई समवेदना पत्र पठाएको छ। समवेदना पत्रमा महरालाई उहाँकी जीवनसंगीनीको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरिएको छ।

सीपीसीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गतको दक्षिण तथा दक्षिणपूर्वी एसिया ब्युरोले बुधबार महरालाई एक पत्र पठाई उहाँप्रति समवेदना प्रकट गरेको हो।

‘कमरेड, यहाँको श्रीमतीको दुखद निधनबारे सुन्दा अत्यन्त दुःख लागेको छ। यहाँलाई पर्न पर्न गएको क्षतिप्रति हामी अत्यन्त दुखित छौं, यस दुखद क्षणमा हामी यहाँलाई गहिरो समवेदना व्यक्त गर्दछौं,’ सो व्युरोले नेता महरालाई पठाएको पत्रमा उल्लेख छ।

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको बुधबार बिहान कोरोना संक्रमणका कारण निधन भएको थियो।

१० वर्षअघिदेखि माइस्थेनियाको समस्याबाट पीडित ५९ वर्षीया सीताको काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचारका क्रममै निधन भएको हो।

हेर्नुस् समवेदना पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार