आगरामा कार दुर्घटना हुँदा तीन नेपालीको गयो ज्यान

  हल्कारान्यूज  319 पटक हेरिएको

नयाँदिल्ली । मंगलबार राति भारतको आगरा एक्सप्रेस वेमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको निधन भएको छ।

नयाँदिल्लीबाट भैरहवाको सीमावर्ती सुनौलीतर्फ आइरहेको सात नेपाली यात्रु बोकेको कार मंगलबार राति साढे १२ बजेतिर आगरा एक्सप्रेस वेमा एउटा ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा दुई जनाको घटनास्थलमै र अर्को एक जनाको आगराको कृष्ण अस्पतालमा उपचारका क्रममा निधन भएको नमस्ते–सुपा देउराली बस सेवाका दिल खत्रीले बताए।

खत्रीका अनुसार मृतकहरुमध्ये घटनास्थलमै निधन हुनेमध्ये एक महिलाको नाम लक्ष्मीकुमारी भएको र अन्य दुई जनाको नाम खुलेको छैन। दुर्घटनामा घाइते चार जनामध्ये अर्घाखाँची घर भएका दुई जनालाई दिल्ली पुर्‍याइएको र अन्य दुईको कृष्ण अस्पतालमै उपचार भइरहेको छ।  दुर्घटनामा चालक भने सामान्य घाइते भएको खत्रीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार