हमलामा परि भारतीय सेनामा कार्यरत दाङका युवाको काश्मिरमा निधन

  हल्कारान्यूज  198 पटक हेरिएको

काठमाडौं । भारतीय सेनामा कार्यरत नेपाली युवा प्रेम केसीको जम्भुकश्मिरमा विद्रोहीहरूको हमलामा परि निधन भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३५ वर्षीय केसीको कास्मिरमा बिद्रोहीको हकलामा परि शुक्रबार निधन भएको हो।

भारतीय सञ्चारमाध्यमले रायफलम्यान सुकवीर सिंह र नायक प्रेमबहादुर खत्री (प्रेम केसी)को निधन भएको जनाएका छन्। रजौरी सुन्दरवानी सेक्टरमा बिहान ५ बजे पाकिस्तान समर्थित समूहले एक्कासी गोली चलाएको बताइएको छ।

गोली लागेर गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा निधन भएको भारतीय सेनाले जनाएको छ। प्रेमका दाजु तुलसी केसीले बिहान ९ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गोली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा निधन भइसकेको जानकारी दिएका थिए।

१४ वर्षदेखि भारतीय सेनामा कार्यरत केसीका श्रीमती, ७ वर्षीया छोरी र ५ वर्षका छोरा छन्। भारतीय सेनाबाट पेन्सेनर बाबु लालबहादुर केसी छोराको शव लिनका लागि घरबाट हिँडेका परिवारले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार