संसद विघटन नहुँदै दर्ता भएको थियो अविश्वास प्रस्ताव

  हल्कारान्यूज  1097 पटक हेरिएको

काठमाडौं । राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलेको छ।

संघीय संसद सचिवालयको प्रतिनिधि सभातर्फको कार्यव्यवस्था शाखामा बिहान १०ः५० बजे प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको संसद सचिवालय स्रोतले जनाएको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८९ सांसदले संसद सचिवालयमा प्रधानमन्त्री अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राखेका थिए। तर चार मन्त्रीले त्यसको विरोध गरेपछि उनी ‘ल ठीक छ’ भन्दै बैठक स्थलबाट बाहिरिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार