
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। यो प्रस्ताव पर्सि ७ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ।
स्थायी कमिटीको बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष ओलीलाई अनुशासनको कार्बाही गर्न केन्द्रीय कमिटी बैठकमा सिफारिस गर्ने निर्णय गरिएको बताए।
श्रेष्ठका अनुसा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको छ।
साथै अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ। यसका लागि पुस ७ गते केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाइएको छ।
त्यसैगरी भोलि सोमबार दिउँसो १ बजे नयाँ बानेश्वर नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ। भोलि नै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्नेछ।