
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई नेकपाको स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ।
आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीमा ल्याउने निर्णय गरेको हो।
आजको बैठकले महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
४५ सदस्यीय स्थायी कमिटीमा अग्नि सापकोटा सभामुखमा निर्वाचित भएपछि रिक्त रहेको सदस्यमा महरालाई ल्याइएको हो।